आफ्नै कार्यालयका ५८ जना कर्मचारीसँग शारीरिक सम्बन्ध, १३ वर्षको जेल

हङकङ । चीनमा ब्युटीफुल गभर्नर भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ ।

उनलाई १ करोड १६ लाख रुपियाँ जरिवाना पनि तिराइएको छ । ५२ वर्षीय झोङ याङ ७१ करोड रुपियाँ घुस लिएको आरोपमा पक्राउ परेकी थिइन् ।

कार्यालयका ५८ जना कर्मचारीहरूसँग शारीरिक सम्बन्ध राखेको अभियोगमा पनि उनी दोषी ठहर भएकी छिन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार झोङ चिनियाँ कम्युनिष्ट पार्टीबाट गुइझोउका उपसचिव र गभर्नर भइसकेकी छिन् ।

उनी २२ वर्षको उमेरमा पार्टीमा प्रवेश गरेकी थिइन् ।

झोङले एक व्यापारीलाई १.७ लाख वर्ग मिटर जग्गामा हाईटेक इन्डस्ट्रियल इस्टेट बनाउने ठेक्का दिएकी थिइन् । ती व्यापारीको झोङसँग घनिष्ठ सम्बन्ध थियो ।

अप्रिल २०२३ मा गुइझाउ प्रान्तको सुपरिवेक्षण समितिले झोङविरुद्ध अनुसन्धान थालेको थियो । उक्त अवधिमा झोङमाथि ५८ पुरुषसँग शारीरिक सम्बन्ध राखेको आरोप पनि लागेको थियो ।

यीमध्ये धेरैजसोबाट झोङले फाइदा उठाएकी थिइन् । कतिपयमा झोङ याङसँग काम गर्ने व्यक्तिहरू पनि थिए ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार झोङले यी व्यक्तिहरूलाई व्यापार यात्रा वा ओभरटाइमको बहानामा भेट्ने गर्थिन । झोङलाई गत वर्ष अप्रिलमा पक्राउ गरिएको थियो ।

Published : Sunday, 2024 September 22, 6:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया