तरुण दलको विधान सर्वसम्मत संशोधन, ५औँ महाधिवेशनतिर जुटे तरुणहरू

काठमाडौं । नेपाल तरुण दलको संशोधित विधान २०८१ सर्वसम्मतिले पारित भएको छ ।

आइतबार भक्तपुरमा सम्पन्न तरुण दलको केन्द्रीय कार्यसमितिले विधानलाई सर्वसम्मत पारित गरेको अध्यक्ष विद्वान गुरुङले बताएका छन् ।

अध्यक्ष गुरुङ नेपाल तरुण दलको संशोधित विधान २०८१ सर्वसम्मतिले पारित भएको भन्दै विधान बनाउन सहयोग गर्ने कार्यदल र सबैलाई धन्यावाद दिएका छन् ।

दुई दिन चलेको तरुण दलको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले राय सुझाव दिएका थिए ।

अध्यक्ष गुरुङले अब तरुण दल पाचौं महाधिवेशन उन्मुख भएको बताएका छन् । उनले विधान सर्वसम्मतिले पारित गरिदिएको भन्दै केन्द्रीय सदस्यहरू र विधान मस्यौदा संशोधन समितिका संयोजक तथा सदस्यहरूलाई धन्यवाद दिएका छन् ।

समितिले आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको भन्दै अध्यक्ष गुरुङले खुशी व्यक्त गरेका छन् ।

तरुण दलको पाचौं महाधिवेशन संशोधित विधानअनुसार हुनेछ । अब महाधिवेशनमा जुट्न अध्यक्ष गुरुङले निर्देशन दिएका छन् ।

अध्यक्ष गुरुङले केन्द्रीय सदस्य धनराज तुम्बापोको संयोजकत्वमा समिति बनेको थियो । समितिको सदस्यहरूमा मुना भुषाल, कृष्ण रिजाल, विवेक न्यौपाने, लोकहरि पौडेल सदस्य रहेका थिए । तरुण दल केन्द्रीय कार्यलयका मुख्यसचिव ठानप्रसाद पोख्रेल सदस्य सचिव रहेका थिए ।

Published : Sunday, 2024 September 22, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया