परराष्ट्रमन्त्री डा.राणा र फिनल्याण्डका विदेशमन्त्री भिलेबीच भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र फिनल्याण्डका विदेश, व्यापार तथा विकासमन्त्री भिले टाभियोबीच भेटवार्ता भएको छ ।

आइतबार अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाको बैठकका क्रममा डा.राणा र भिलेबीच भेटवार्ता भएको हो । भेट फलदायी भेट भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।

‘हामीले विकास साझेदारी, सार्वजनिक क्षेत्रको लगानी, जलवायु परिवर्तन र डिजिटल सहयोगमा द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने विषयमा छलफल गरेका छौं’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।

Published : Sunday, 2024 September 22, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया