माछापुच्छ्रे टी-२० क्रिकेट लिग सिजन-३ शुरु

पोखरा । माछापुच्छ्रे क्रिकेट क्लवको आयोजनामा माछापुच्छ्रे टी–२० क्रिकेट लिग सिजन–३ शुरु भएको छ ।

प्रतियोगितामा पोखरा फिनिक्सले विजयी शुरुवात गर्‍यो । कास्कीको लेखनाथस्थित इडन हेवन्स क्रिकेट मैदानमा भएको खेलमा फिनिक्सले कुस्मा वारियर्सलाई ८ विकेटले पराजित गरेको छ ।

टस जितेर बलिङ गरेको फिनिक्सले कुस्मा वारियर्सलाई १७ ओभरमा ८४ रनमा समेटेको थियो । कुस्माको तर्फबाट दोर्जे लामाले २२ तथा विकास क्षेत्रीले १८ रन जोडे । फिनिक्सका बलरहरू विनोद नेपालीले ४ ओभरमा ५ रन खर्चिएर ४ विकेट लिए । उमेश कुँवर र अमृत लामिछानेले समान २ विकेट लिए ।

पोखरा फिनिक्सले खेल आफ्नो पक्षमा पार्ने क्रममा १५.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्‍यो । फिनिक्सको तर्फबाट उपकप्तान प्रथम श्रीवास्तवले २४, अमृत लामिछानेले २३ तथा म्यान अफ द म्याच समेत बनेका विनोद नेपालीले अभिजित १७ रन बनाए ।

प्रतियोगिताको अर्को खेलमा सि.एण्ड.डी.वारियर्सले एभरेष्ट क्रिकेट क्लवमाथि ५८ रनको फराकिलो जित निकाल्यो । व्याटिङको निमन्त्रणा पाएको वारियर्सले पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय २० रनको योगफल तयार पा¥यो ।

वारियर्सका लागि कप्तान प्रविण ढकालले २५, प्रदीप पौडेलले २१ तथा गोरे जिटी र अनिष खड्का दुवैले १८ रन जोडे ।

एभरेष्टका बलरहरू अजय रामले ३, नियाज अहमद र विटु बैठाले २र२ विकेट लिए ।

जितका लागि १ सय २१ रनको लक्ष्य पछ्याएको एभरेष्ट १२.२ ओभरमा ६२ रनमै समेटिएको थियो । एभेरष्टको तर्फबाट प्रदीप माझिले १५, विक्की शर्माले १४ तथा नियाज अहमदले १२ रन जोडे । वारियर्सको बलिङमा म्यान अफ द म्याच अब्दुल खलिकले ४ ओभरमा १३ रन खर्चिएर ३ विकेट लिए ।

अर्का बलर सागर बस्यालले २ विकेट लिए । प्रतियोगिताको विजेत टिमले नगद १ लाखसहित ट्रफि तथा उपविजेता टिमले नगद ५० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष अध्यक्ष दीपेश खत्रीले बताए ।

Published : Tuesday, 2024 September 24, 10:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया