अभियुक्त रविजी, हिम्मत छभने अब यो बाटो अबलम्बन गर्नुहोस्

सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च संस्था प्रतिनिधिसभाबाट संसदीय छानबिन समितिले नाम किटानी गरेर कारबाही गर्नु भनिसकेपाछि असोज २ गतेदेखि रवि लामिछाने सहकारी अभियुक्त हुन् । त्यसैले अब उपरान्त अदालतले निर्णय नगरेसम्म उनलाई सहकारी अभियुक्तभन्दा उपयुक्त नै होला ।

रविजी तपाई दुई पटकसम्म देशको गृहमन्त्री भैसकेको मान्छे हुनुहुन्छ । प्रहरीसंग डराए जस्तो गरेर भिड जम्मा नगर्नुहोस् । भिडले तपाईलाई सान्तवना त दिन सक्छ तर, क्लिन चिट दिन सक्दैन । यदि तपाईलाई कसैले क्लिन चिट दिन सक्छ भने त्यो सम्मानित अदालतले मात्रै दिन सक्छ । अब छिट्टै दशैँ–तिहारको सरकारी बिदा सुरु हुँदैछ । तपाईमाथिको कानूनी झमेला झन् लम्बिन सक्छ । यसकारण कृपया जति सक्दो छिटोभन्दा छिटो स्वयम् गिरफ्तारी दिएर अदालती प्रकियाको बाटो समात्नुस् । यसैमा कल्याण छ । अब तपाईं नेपाली राजनीतिक समाजमा उदाङ्गो मात्रै होइन । तपाईंको लाज ढाक्ने कुनै बस्त्र छ जस्तो मलाई लाग्दैन । सबै नाटक बन्द गरेर अदालतको कठघरामा उभिनुको कुनै विकल्प देखिदैन ।

केहीले निलो क्रान्ति भन्छन् । खासमा तपाईले डिजिटल क्रान्ति गर्नु भएको हो । तपाईले साइबर युद्ध गर्न सक्नु होला । समर्थक र बिरोधीहरूको बीचमा सामाजिक ध्रुवीकरण पनि सक्नु होला । यतिखेर तपाईलाई भेडाहरूको सामाजिक मिडिया संलग्नताभन्दा पनि प्रभावशाली वकिलहरूको साथ चाहिएको छ । किनकी मिक्छ भने तपाईंको राजनीतिक भबिस्यका लागि पनि छिटोभन्दा छिटो अदालतबाट निर्णय हुँदा राम्रो हुन्छ ।

दोहोर नागरिकता र दोहोर पासपोर्टको मुद्दा कसैको निगाहले स्थगित मात्रा भएको हो । टुङ्गिएको छैन । यी सबै मुद्दामा अदालतबाट निर्दोष प्रमाणित हुन सक्नु भयो भने मात्रै तपाईको राजनीतिक भविस्य सुनिश्चित हुन सक्छ । अन्यथा जिद्दीपनाको कारण अघिल्लो पटक संसद पद मात्रै गएको थियो । यसपटकको काण्ड धेरैले अलि जटिल छ । तपाई राज्यको कुनै पनि चुनाव उठ्न नपाउने निर्वाचनबाट बहिष्करण पनि हुन सक्छ । त्यसैले धनराज गुरुङलाई किन पक्राउ नगरेको भनेर आफूलाई त्यस्तो व्यक्तिसंग तुलना नगर्नुहोस्, रविजी । संसदीय छानबिन समितिले धनराज गुरुङलाई कारबाही गर्नु भनेको छ । कानूनी कारबाही अवश्य हुन्छ र हुनु पर्छ । होइन भने रविजी तपाईंको हालत कराइको दूध उम्ले झै भाडो रित्तै हुने गरि पोखिन सक्छ । त्यो अवस्यंभावी देखिन्छ ।

मेरा आदरणीय मित्रहरू स्वर्णिमजी, मनीषजी र शिशिरजीलाई विशेष आग्रह । छोटो समय भएपनि हिजोसंगै बसेर काम गरियो । नेपाली कांग्रेस घोषणा पत्र मस्यौदा समितिमा म, स्वर्णिम वाग्ले, मनीष झा र शिशिर खनालसंगै काम गरेको कारण तपाईंहरूको सामाजिक र राजनीतिक उचाइँ बचाउन पनि अब सहकारी अभियुक्त रवि लामिछानेलाई साथ सहयोग र समर्थन नगरी छिटोभन्दा छिटो उनलाई न्यायालयको कठघरामा पुर्‍यादा राम्रो देखिन्छ ।

Published : Tuesday, 2024 September 24, 10:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया