प्रहरी प्रधान कार्यालयद्वारा १४३ जना डीएसपीहरूको सरुवा

काठमाडौं । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय नक्सालले १४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको सरुवा र काज गरेको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालयबाट जारी भएको सूचनाअनुसार जिल्ला प्रहरी कार्यालय प्यूठानमा दीपेश बस्याल, जिल्ला प्रहरी कार्यालय मुस्ताङमा सूर्यबहादुर बोगटी, जिल्ला प्रहरी कार्यालय पाल्पामा सुनिल मल्ल, प्रहरी वृत्त मालिगाउँमा सुनिलजंग शाहको सरुवा भएको छ ।

शर्मिला गुरुङको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, गम्भीर अपराध अनुसन्धान शाखा, शंकर पोखरेलको जिल्ला प्रहरी कार्यालय गुल्मीमा सरुवा भएको छ ।

लक्ष्मी भण्डारीको इलाका प्रहरी कार्यालय इटहरी, जिल्ला प्रहरी कार्यालय भोजपुरमा युवराज तिमिल्सिनाको सरुवा भएको छ ।

Published : Tuesday, 2024 September 24, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया