परराष्ट्रमन्त्री डा.राणाद्वारा राष्ट्रसंघीय शान्ति सेनाका वरिष्ठ र प्रमुख पदमा नेपालीको समावेशीकरण बढाउन आग्रह
न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग संयुक्त राष्ट्रसंघ शान्ति स्थापनाका लागि उप–महासचिव जीन पियरे ल्याक्रोइक्सले भेटवार्ता गरेका छन् ।
न्यूयोर्कमा बुधबार जीनसँग भएको भेटवार्ता फलदायी भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
‘मैले संयुक्त राष्ट्र शान्ति स्थापनामा नेपालको लामो समयदेखिको समर्थन र योगदानमा जोड दिएको छु’, डा.राणाले भनेकी छिन् ।
‘मैले संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका वरिष्ठ र प्रमुख पदहरूमा नेपालीहरूको समावेशीकरण बढाउन अनुरोध गरें’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
Published : Thursday, 2024 September 26, 9:29 am
फेसबुकबाट तपाईको प्रतिक्रिया