लेबनानमा रहेका नेपालीबारे परराष्ट्रमन्त्री डा.राणा चिन्तित, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । परराष्ट्र मन्त्रालयले लेबनानमा विकसित घटनाप्रति चिन्ता जनाउँदै अधिकतम सर्तकता अपनाउन नेपाली नागरिकहरूसँग आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको चासो र चिन्तापछि लेबनान हेर्न जिम्मेवारी पाएको ईजिप्टको कायरोस्थित नेपाली राजदूतावासले सूचना जारी गरेर उच्च सर्तकता अपनाउने अनुरोध गरेको हो ।

राजदूतावासले भनेको छ, ‘केही दिनयता लेबनानमा विकास भइरहेको परिस्थितिका सन्दर्भमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध छ ।’

‘कुनै समस्या परेमा नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहाय अनुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ ।

000

लेबनानमा रहेका नेपालीहरुलाई सूचना !

केही दिनयता लेबनानमा विकास भइरहेको परिस्थितिका सन्दर्भमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध छ । साथै, कुनै समस्या परेमा नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहाय अनुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

कायरो

इमेलः [email protected]

सम्पर्क व्यक्तिः

दीपक घिमिरे, द्वीतिय सचिव

फोन नं. +201097772348 (WhatsApp)

माधवराज काफ्ले, तृतीय सचिव

फोन नं. +201002505997 (WhatsApp)

बेरुत

इमेलः [email protected]

मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत

फोन नं. +9613301181/+96171688821/+96181883713

साथै, लेबनानमा रहेका नेपालीहरुको सूची अद्यावधिक तुल्याउने प्रयोजनका लागि दूतावासको वेबसाइटमा रहेको लिंक https://eg.nepalembassy.gov.np/registration-of-nepali…/ मार्फत् आवश्यक विवरण उपलब्ध गराइदिनुहुन लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई राजदूतावास हार्दिक अनुरोध गर्दछ ।

***

२०८१ आश्विन १० गते

२६ सेप्टेम्बर २०२४

Published : Friday, 2024 September 27, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया