विदेशी मुद्रा धेरै भित्र्याएपछि नेपाल एयरलाइन्सलाई सम्मान

काठमाडौं । नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रूपमा सम्मानित भएको छ ।

शुक्रबार ४५औँ विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सम्मान गरिएको हो ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई सम्मानपत्र प्रदान गरेका छन् ।

निगमले २०२३ अगष्ट १ तारिखदेखि २०२४ अगष्ट ३१ तारिखसम्म १० करोड ८० लाख ४० हजार ८ सय ७६ अमेरिकी डलर आर्जन गरेको छ ।

संकलित रकमले देशमा विदेशी मुद्रा सञ्चिती बढाउन उल्लेखनीय योगदान पु¥याएको निगमले जनाएको छ ।

आगामी दिनमा पनि आफ्नो कारोबार बढाई राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन थप योगदान गर्दै जाने निगमले विश्वास लिएको छ ।

निगमले आफ्ना यात्रुहरूलाई अन्तर्राष्ट्रियस्तरको सेवा पुर्‍याउँदै आइरहेको र यस्ता सम्मानबाट निगमको व्यापार बढाउन अझै हौसला मिलेको प्रवक्ता रमेश पौडेलले जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Saturday, 2024 September 28, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया