साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल पराजित

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल पराजित भएको छ ।

शनिबार दिउँसो चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा प्रतियोगिताको सेमिफाइनलमा भारतले नेपाललाई ४ – २ गोल अन्तरले पराजित गरेको हो । आयोजक भुटानलाई घरेलु मैदानमा २–१ ले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको थियो ।

खेलमा भारतले सुरुआतदेखि नै नेपाललाई दबाबमा राखेको थियो । पहिलो हाफमा भने नेपाललाई भारतलाई गोलरहित बराबरीमा रोकको थियो ।

६१औं मिनेटमा विशाल यादवले भारतलाई अग्रता दिलाए । उनले नेपाली गोलकिपर पेम्बा नोर्बु भोटोको गल्तीमा गोल गरेका थिए । भारतीय खेलाडीको लामो क्रसमा नोर्वुले सहज बल क्लियर गर्न नसक्दा नजिक रहेका विशालले गोल गरेका थिए ।

६८औं मिनेटमा नेपालले पुनः गोलकिपरकै गल्तीमा गोल खायो । लामा फिकिकलाई नोर्बुले क्लियर गर्न नसक्दा पुनः विशाललाई गोल गर्दै भारतको अग्रता दोब्बर बनाए । लगत्तै नेपालले गोलकिपर नोर्बुलाई परिवर्तन गरेको थियो ।

८२औं मिनेटमा काउन्टरमा नेपालले गोल फर्कायो। नेपालका लागि सुवास बमले गोल गरेका थिए । ८५औं मिनेटमा ऋषि सिंहले गोल गरेपछि नेपालको फाइनल पुग्ने सम्भावना लगभग सकिएको थियो ।

९०औं मिनेटमा मोहम्मद कैफले आफ्नै पोस्टमा गोल गरेपछि खेल ३–२को अवस्थामा आयो । इन्जुरी समयको पाचौं मिनेटमा भारतका हिम्नेइचुङ लुन्किमले गोल गरेपछि भारत ४–२ले विजयी हुँदै फाइनलमा पुग्यो ।

Published : Saturday, 2024 September 28, 4:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया