महिलातर्फ धादिङ र पुरुषमा गल्कोटलाई भलिबलको उपाधि

पोखरा । आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ गल्कोट स्पोर्टस् क्लब, बागलुङ र महिलातर्फ धादिङ स्पोर्टस् क्लब, धादिङले उपाधि हात पारेका छन् ।

मंगलबार पोखराको नदीपुरको छन्त्याल खेल मैदानमा सम्पन्न पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा गल्कोट र धादिङले उपाधि हात पारेका हुन् ।

पुरुषतर्फ एपीएफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै गलकोटले उपाधि जित्न सफल भएको छ । गलकोटले एपीएफलाई २५–१९, २५–२० र २५–२२ ले पराजित गरेको छ । गलकोटले उपाधिसँगै एक लाख ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता बनेको एपीएफ पोखरा ८० हजारमा चित्त बुझाउनु परेको छ । विधागततर्फ उत्कृष्ट सेटर सुजन चोखाल, डिफेन्डर विक्रम भुजेल, स्पाइकर सुरेन्द्र केसी, ब्लकर इन्दु बिक, उदयमान सरोज वर्देवा, प्रशिक्षक सुरेन्द्र केसी बन्दा सन्तोष बिक सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भए ।

महिलातर्फ नदीपुर पोखरालाई ३–१ ले पराजित गर्दै धादिङ स्पोट्सले उपाधि हात पारेको छ । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको धादिङले दोस्रो २६–२८ ले नदीपुरलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२० र चौथो सेट २५–२१ ले पुनरागमन गर्दै धादिङले उपाधि रक्षा गरेको छ । उपाधिसँगै धादिङले नगद ५० प्राप्त गरेको छ । फाइलनमा पराजित भएको नदीपुरले ३५ हजारमा चित्त बुझायो ।

विधागतर्फ उत्कृष्ट सेटर पूर्णकला खत्री, स्पाइकर पुनम सुनारी, ब्लकर अनिशा रोका मगर, डिफेन्टर सलिना गुरुङ, उदयमान जमुना गुरुङ, प्रशिक्षक वीरु लामा, निरुता शाही ठकुरी सर्वोत्कृष्ट खेलाडी बनिन् ।

Published : Wednesday, 2024 October 2, 4:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया