दुई छोरीको हत्या आरोपमा पक्राउ परेकी अस्मिता कारागार चलान
विराटनगर । मोरङ जिल्लामा २ छोरीको हत्या आरोपमा पक्राउ परेकी २१ वर्षीया अस्मिता पौडेल कार्कीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेकी अस्मितालाई जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले मंगलबार पुर्पक्षका लागि थुनामा पठाएको हो ।
विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको आरोपमा प्रहरीले भदौ १९ गते अस्मितालाई झापाको बिर्तामोडबाट पक्राउ गरेको थियो ।
निर्माणाधीन घरमा पानी नलगाएको विषयमा श्रीमान् अर्जुन कार्कीसँग विवाद भएपछि भदौ १४ गते छोरीहरू १ वर्षीया आइङ्का र ३ वर्षीया अर्पणा कार्कीलाई लिएर उनी घरबाट हिडेकी थिइन् ।
केराबारीमा दुई छोरी मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानका क्रममा विष खुवाएर उनीहरूको हत्या गरेको देखिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया