सभापति खतिवडाको पहलमा आइतबारदेखि रुम्जाटारमा जहाजले उडान भर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको विशेष पहलमा ओखलढुङ्गाको रुम्जाटारमा हवाई उडान हुने लागेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज २० गते आइतबार बिहान ११ बजेदेखि काठमाडौंदेखि रुम्जाटारसम्म उडान भर्ने अनुमति दिएको छ । जहाज रुम्जाटारमा उडान भर्नका लागि प्राधिकरणले आवश्यक तयारी गरेको सभापति खतिवडाले बताएका छन् ।

ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा केही वर्षयता जहाजले उडान भरेका छैनन् । ओखलढुङ्गामा सडकमार्गको राम्रो पहुँच भएपछि जहाजले उडान गर्न छाडेका थिए ।

बाढी, पहिरोका कारण सडकबाट यात्रा गर्न कठिन भएपछि सभापति खतिवडाले दशैँ, तिहारका लागि यात्रुलाई सहज होस् भनेर रुम्जाटार विमानस्थल सञ्चालनमा ल्याउन लागेका छन् । रुम्जाटारमा पुनः जहाजले उडान भर्ने भएपछि बिरामी र अति आवश्यक परेका बेला यात्रुलाई गन्तव्यमा पुग्न सहज हुनेछ ।

Published : Friday, 2024 October 4, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया