सहकारी ठगका आरोपी सभापति लामिछानेविरुद्ध मुग्लिनमा प्रदर्शन

मुग्लिन । सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा कारबाही सिफारिसमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध चितवनको मुग्लिनमा प्रदर्शन भएको छ ।

शुक्रबार सहकारीपीडितहरूले मुग्लिनमा सभापति लामिछानेलाई कारबाही र रकम फिर्ताको मागसहित प्रदर्शन गरेका हुन् ।

शिव शिखर र साहारा चितवन सहकारीका पीडितले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध नाराबाजी गरेका छन् ।

चितवन क्षेत्र नम्बर–२ को इच्छाकामना गाउँपालिकामा रास्वपाले सार्वजनिक सुनुवाई गरेको थियो । सुनुवाई गरेको केही समयपछि सहकारीपीडितले लामिछानेविरुद्ध नाराबाजी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी भावेश रिमालले मुग्लिनमा सहकारीपीडितले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेको बताएका छन् ।

सभापति लामिछाने शुक्रबार तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुन इच्छाकामनामा आएका थिए ।

Published : Friday, 2024 October 4, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया