सरकारद्वारा समिति गठन, कृषि मन्त्रालयमा २६६ अस्थायी दरबन्दी स्वीकृत
काठमाडौं । सरकार मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारको लागि रायसहितको प्रतिवेदन पेस गर्न पूर्वसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको छ ।
सिंदरबारमा मंगलबार पत्रकार सम्मेलन गरेर सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वसचिव खनालको संयोजकत्वमा समिति गठन भएको जानकारी दिएका छन् ।
सरकारले चालु आर्थिक वर्ष २०८१–८२ का लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत विभिन्न आयोजना र निकायका लागि कुल २६६ राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्री गुरुङले २०८१ कार्तिक १ देखि ३ गतेसम्म रसियामा आयोजना हुने २२औं इन्टरनेशनल स्पोर्टस फोरममा सहभागी हुन युवा तथा खेलकुदमन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको बताए ।
सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका हिमालहरूको आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्ने निर्णय गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया