उमेर नपुगेका युवती क्लवमा छिराउने सिनेट र फायर डिस्कोमा प्रहरी छापा

काठमाडौं । उमेर नपुगेका नावालिगहरूलाई मनोरञ्जनस्थल क्लवहरूमा प्रवेश गराउने कार्यमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको ठमेल एरियामा रहेका डान्सबार, क्लब लगायतका मनोरन्जन स्थानहरूमा उमेर नपुगेका वालवालिकाहरूलाई प्रवेश तथा काममा लगाइरहेको सूचना पाउनेवित्तिकै प्रहरीले छापामारेको थियो ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उमेर नपुगेका बालबालिकाहरूलाई रात्रिकालीन मनोरञ्जनस्थलमा प्रवेश गराएको अवस्थामा जिल्ला काठमाडौंको ठमेलस्थित क्लवहरूबाट मानिस पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले सिनेट क्लव, फायर डिस्को थेक क्लवमा प्रवेश दिने कार्यमा जिम्मेवार निम्न व्यक्तिहरूलाई बालबालिका सम्वन्धी ऐन २०७५ को परिच्छेद ८ बमोजिमको कसुरमा अनुसन्धान तथा कारबाहिको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाइएको छ ।

उल्लेखित स्थानहरूबाट उद्धार गरिएका नावालिगहरूलाई अभिभावकको जिम्मा लगाई पठाइएको ।

Published : Tuesday, 2024 October 8, 11:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया