बढ्ता ठूला र चर्का कुरा गरेर आजित बनाएको एनआरएनएले ५० लाख मात्रै दियो

काठमाडौं । धेरै ठूला र चर्का कुरा गर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५१ लाख हस्तान्तरण गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री केपी ओलीलाई संघका अध्यक्ष बद्री केसीसहितको टोलीले ५० लाख हस्तान्तरण गरेको हो ।

केसीले बाढी, पहिरो र डुुबान भएको ठाउँमा १ करोड बराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको बताए ।

एआरएनएले धेरै ठूलो रकम आर्थिक सहयोग गर्छ की भन्ने सबैले अपेक्षा राखेका थिए । एनआरएनएले ५० लाख दिएपछि उनीहरूको औकात र हैसियत देखिएको छ ।

विपतका बेला मन खोलेर जनता र सरकारलाई सहयोग गर्न हात, खुट्टा कमाउने एनआरएनएका सदस्यहरूबाट नेपाली जनताले कुनै आशा र भरोसा गरेका छैनन् ।

Published : Wednesday, 2024 October 9, 3:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया