दशैँको बेला भालुबाङमा नाबालिका बलत्कार, सशस्त्र प्रहरी संलग्न रहेको आरोप

मसुरिया । दशैँको बेला दाङको राप्ती गाउँपालिका वडा नं. १ को भालुबाङमा एकजना बालिका बलत्कारमा परेकी छिन् ।

बिहीबार भालुबाङमा ६/७ वर्षीया बालिका बलत्कारमा परेकी हुन् । पीडित बालिकाकी आमाले छोरीमाथि बलत्कार भएको भन्दै इलाका प्रहरी कार्यालय भालुबाङमा उजरी दिएकी छिन् ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी)अर्जुनप्रसाद तिमिल्सिनाले बताएका छन् । एसपी तिमिल्सिनाले घटनाका बारेमा सुक्ष्म ढङ्गले अनुसन्धान भइरहेको बताए ।

बालिका बलत्कारमा भालुबाङमा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सशस्त्र प्रहरी (असई वा सई) संलग्न रहेको पीडित बालिकाकी आमाको आरोप र दाबी छ ।

पीडितकी आमाले आरोपी सशस्त्र प्रहरीको नाम पनि खुलेको बताएकी छिन् । अनुसन्धानका क्रममा रहेका कारण सशस्त्र प्रहरीको नाम बाहिर ल्याइएको छैन । इलाका प्रहरी कार्यालय भालुबाङको इन्चार्ज अमरबहादुर माझी छन् । माझीले राम्रोसँग अनुसन्धान गरेर पीडितलाई न्याय र दोषीलाई कारबाही गर्नुपर्ने पीडित पक्षको माग छ । प्रहरी निरीक्षक माझीले अनुसन्धानमा सशस्त्र प्रहरी भए पनि दवावमा पर्न नहुने पीडित पक्षले धारणा राखेको छ ।

बालिकाकी आमाले भनिन्, ‘बिहीबारको दिन एकजना १६ वर्षीया किशोरी र सशस्त्र प्रहरी घरको कोठामा गएका थिए । ती १६ वर्षीया किशोरीले मेरो ६/७ वर्षकी छोरीलाई पनि साथमा लगेकी थिइन् । प्रहरीसमक्षको बयानमा पनि यही कुरा आएको छ ।’

बालिका बत्कारमा इलाका प्रहरी कार्यालय भालुबाङले नाबालिकाभन्दा पनि कम उमेर र सानो बालकलाई बलत्कार मुद्दामा आशंका गरेको छ । तर, नबालिका भन्दा पनि सानो उमेरको बालकले यौनीबाट रगत आउने गरेर कसरी बलत्कार गर्न सक्छ भनेर ? पीडित पक्षको भनाइ छ ।

प्रहरीले भने घटनाका विषयमा अनुसन्धान भइरहेको र कसैलाई पनि पक्राउ नगरिएको जनाएको छ । बलत्कारको घटना ३ दिन हुँदा समेत इलाका प्रहरी कार्यालय भालुबाङले घटनालाई ढकाछोप गर्न खोजेको हो की भनेर पीडितपक्ष सशंकित बनेको छ ।

बलत्कारको घटनामा सशस्त्र प्रहरीका व्यक्तिहरु संलग्न रहेको पीडित पक्षले दाबी गरेपछि अनुसन्धानमा समस्या भएको हुन सक्ने स्थानीयहरुको भनाइ छ । घटनामा जो संलग्न भएपनि तत्काल पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने पीडित पक्षको भनाइ छ ।

बलत्कारमा परेकी बालिकाको स्वास्थ्य अवस्था नजुक छ । ती बालिकाको अंगबाट रगत बगीरहेको उनकी आमाले बताएकी छिन् । पीडितकी आमाले भनिन्, ‘मेरो नबालिका छोरीको रगत बगीरहेको छ । स्वास्थ्य अवस्थामा समस्या भएको छ । पीडकलाई तत्काल पक्राउ गरेर कारबाही हुनुपर्छ । सशस्त्र प्रहरी हो भन्दैमा उन्मुक्ति दिने प्रयास भएको छ । यो गम्भीर कुरा हो ।’

Published : Saturday, 2024 October 12, 9:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया