पिता र माताबाट सभापति खतिवडाद्वारा दशैँको टीका, जमरा ग्रहण

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मातापिताबाट दशैँको टीका ग्रहण गरेका छन् ।

शनिबार काठमाडौंमा शुभसाइतमा सभापति खतिवडाले टीका र जमरा ग्रहण गरेका हुन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका सभापति खतिवडाले पिता जीवनाथ खतिवडा र आमा यशोदा खतिवडाको हातबाट टीका लगाएका हुन् ।

सभापति खतिवडाको दाई र भाईहरुले पनि शुभसाइतमा पिता र माताको हातबाट दशैँको टीका, जमरा ग्रहण गरेका छन् ।

Published : Saturday, 2024 October 12, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया