प्रहरी महानिरीक्षक कुँवरद्वारा टीका तथा प्रसाद प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले वडा दशैं २०८१ को अवसरमा सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएका छन् ।

आइतबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टीका तथा जमरा लगाईदिएका हुन् । उनले सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत व्यक्त गरेका छन् ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले टीका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन् ।

ईच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउनको लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो ।

टीका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिति रहेको थियो ।

टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदान प्रदान गरिएको थियो ।

Published : Sunday, 2024 October 13, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया