अमेरिकन पेस्तोलसहित भोला पक्राउ

देवाही । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कचस्थित दुर्गा मेला लागेको स्थानबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थानसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले गोली ४ राउण्ड, म्यागजिन १ थान र सर्ट गनको गोली २ राउण्डसहित सोही ठाउँ बस्ने ५६ वर्षीय भोला राय यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।

पेस्तोलसहित पक्राउ परेको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Sunday, 2024 October 13, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया