स्याङजाको सुन्तला र पर्यटनमा सहकार्य गर्न चाहन्छु : अध्यक्ष ढकाल

स्याङजा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने बताएका छन् ।

स्याङजा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्व रूपियाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रबाह गर्न सकिने बताए ।

उनले भने, `जिल्ला जिल्लाका व्यावसायी साथीहरु लगानीका लागि अबसर खोजिरहनु भएको छ त्यसलाई एकीकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुदैन ।´

अध्यक्ष ढकालले भने, `यतिबेला बैकमा निक्षेप पर्याप्त छ, व्याजदर निकै घटेको छ । यस्तो बेला नेपालमा नै लगानीको अबसर छ भन्ने सन्देश प्रबाह गर्नुपर्छ ।´

उनले यो डेढ वर्षको अबधिमा लगानी प्रबर्धनका लागि देशभित्र र बाहिर आफूहरूले निरन्तर अभियान संञ्चालन गरेको जानकारी गराउदै आफूहरूकै पहलममा सरकारले लगानी मैत्री बातावरण बनाउन ८ वटा कानून संशोधन गरेको बताए ।

निजी क्षेत्रले उठाउदै आएको मर्यादाक्रमको बिषय, कर सम्बन्धी समस्या लगायतका बिषयमा आफूहरू निरन्तर लागिरहेको उनले बताए ।

Published : Wednesday, 2024 October 16, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया