प्रधानमन्त्री ओलीद्वारा सभापति देउवा र अध्यक्ष दाहालसँग वार्ता, गृहमन्त्री र महान्यायाधिवक्ता पनि सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग यथासक्य चाँडो गठन गरी संक्रमणकालीन न्याय सम्पादनलाई टुंगोमा पुर्‍याउन प्रमुख तीन दलहरू सहमत भएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा संक्रमणकालीन न्याय सम्पादनलाई टुंगोमा पुर्‍याउन कानूनबमोजिम दुवै आयोगहरूलाई यथासक्य चाँडो पूर्णता दिएर अघि बढ्ने सहमति भएको हो ।

आयोग गठनका लागि पदाधिकारीहरूको छनोट गर्न सर्च कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यसका लागि मन्त्रिपरिषदको अब बस्ने बैठकले सर्च कमिटी गठन गर्नेछ ।

बैठकमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए ।

बैठकमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाल लगायत समेतको सहभागी थिए ।

Published : Thursday, 2024 October 17, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया