मीनबहादुर गुरुङबारे बोलेपछि एमालेद्वारा सोध्यो ३ नेतालाई स्पष्टीकरण

काठमाडौं । एमाले ३ जना नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आइतबार बसेको सचिवालयको बैठकले पूर्व उपाध्यक्ष भीमबहादुर रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

पार्टीको भवन निर्माणको विषयमा पार्टीको निर्णयविरुद्ध उभिएको भन्दै ३ नेताहरूलाई स्पष्टीकरण सोधिएको महासचिव शंकर पोखरेलले बताएका छन् ।

पोखरेललले पार्टीको निर्णयविरुद्ध अभिव्यक्ति दिएकाले स्पष्टीकरण सोधिएको बताए ।

उनीहरूले व्यापारीबाट मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी भवन निर्माण गर्ने कुरा गलत भएको भन्दै अभिव्यक्ति दिएका थिए ।

Published : Sunday, 2024 October 20, 11:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया