प्रधानमन्त्री ओली र सभापति देउवाबीच अचानक भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच सम्वाद भएको बुझिएको छ । उनीहरूका बीच के विषयमा कुराकानी भएको हो केही भनिएको छैन । ओली र देउवाबीच अचानक भेटवार्ता भएको एमालेका एक नेताले बताएका छन् ।

देउवा बालुवाटार आउने भएपछि प्रधानमन्त्री ओली पार्टी सचिवालयको बैठक छोट्याएर बालुवाटार फर्किएका थिए ।

ओली र देउवाबीच सरकारको नियमित कामकार्बाहीका विषयमा छलफल भएको छ ।

Published : Monday, 2024 October 21, 12:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया