युवतीहरूलाई दैनिक ५ जना पुरुषसँग यौनसम्पर्क गराएको अभियोगमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको मावन बेचबिखन अनुसन्धान व्यूरोले ४३ वर्षीया सीता गोतामेलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

नुवाकोटको तादी गाउँपालिका वडा नं. ३ स्थायी वतन भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ४ मूलपानी बस्दै आएकी गोतामेलाई कात्तिक २ गते पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

गोतामेले बालिका र किशोरीहरूलाई आफ्नो घरमा राखेर यौनधन्दा चलाएको अभियोग लागेको छ । प्रहरीले गोतामेको घरबाट जना बालिका र युवतीहरूलाई उद्धार समेत गरेको छ ।

गोतामेले घरमा भाडा माझ्ने र सरसफाइको काममा लगाउने भनेर मासिक २० हजारका साथै खान, बस्ने व्यवस्था गरिदिन्छु भनेर बालिका र युवतीहरूलाई राखेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

‘बालिका तथा युवतीहरूलाई बेश्यावृत्तिको कममा लगाए वापत प्रतिग्राहक शारीरिक सम्पर्क राखेको १ हजारदेखि ३ हजारसम्म लिइ दैनिक ४/५ जना पुरुष ग्राहकसँग जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य गरेको खुल्न आएको छ’, व्यूरोका प्रहरी उपरीक्षक गौतम मिश्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2024 October 21, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया