सलमानलाई लरेन्स बिश्नोईले धम्की दिएपछि पूर्व प्रेमिकाले माफी माग्ने

मुम्बई । बलिउड अभिनेता सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले छिट्टै भारत जाने योजना बनाएकी छिन् ।

सलमान खान र लरेन्स बिश्नोई विवादमा हालैका आफ्ना बयानका कारण सोमी अली चर्चामा छिन् । अन्तर्वार्ताका क्रममा सोमी अलीले लरेन्स बिश्नोईलाई जेलमा भेट्ने इच्छा व्यक्त गरेको बताएकी छिन् । सोमी अलीले माफी माग्न मन्दिर जाने इच्छा पनि बताएकी छिन् ।

सोमी अलीले भनिन्, ‘सलमानलाई सन् १९९८ मा थाहा थिएन कि उनले सिकार गरेको जनावरलाई बिश्नोई समुदायले देवता मानेको छ । म पूर्ण विश्वासका साथ भन्न सक्छु कि सलमानलाई यो कुरा थाहा थिएन । मलाई यो थाहा छ किनभने जब सलमान जोधपुरबाट फर्केका थिए । त्यसबेला म उहाँसँग सम्बन्धमा थिएँ ।’

‘यदि उस (सलमान खान)ले नजानेर गल्ती गरेको छभने, त्यस क्षेत्रमा शिकार गर्ने सलमान खान मात्रै हुन् ? अरुले गर्दैनन् ? म बिश्नोई समुदायको मन्दिरमा गएर माफी माग्न चाहन्छु’, सोमी अलीले भनेकी छिन् ।

‘सलमान खानलाई जनावर र बच्चाहरू धेरै माया गर्छन् । सलमान खानले एकपटक मेरो अगाडि घाइते बिरालोको उपचार गराएका थिए’, सोमी अलीले भनेकी छिन्, ‘सलमान मारिएमा फर्किन्छ ? यो कस्तो तर्क हो ?’

सोमी अलीले सलमान खानसँग कुरा गर्ने आफ्नो कुनै मनसाय नभएको र उनीसँग पूर्णतया टाढा रहेको बताएकी छिन् ।

विगत १७ वर्षदेखि महिला अधिकारको वकालत गर्दै आएकी अभिनेत्री सोमी अलीले भनिन्, ‘म जुनसुकै प्रकारको हिंसाको विरुद्धमा उभिन्छु ।’

Published : Monday, 2024 October 21, 6:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया