अर्घाखाँची कांग्रेसद्वारा एक सय दिने अभियान सञ्चालन

सन्धिखर्क । नेपाली कांग्रेस अर्घाखाँचीले संगठन सुदृढीकरणको एक सय दिने अभियान शुरु गरेको छ ।

सोमबारदेखि अर्घाखाँची जिल्लामा अभियान सञ्चालन भएको हो । अभियान सञ्चालनका लागि केन्द्रीय सदस्य सञ्जय गौतमलाई खटिएका छन् ।

गौतमले चुनावमा पराजित भएर छिन्नभिन्न भएका कांग्रेसका नेता तथा कार्यकर्तालाई अभियानले एकढिक्का बनाउने बताएका छन् ।

अर्घाखाँची कांग्रेसले पूर्वसभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारीलाई छ स्थानीय तहका ६१ वटा वडामा खटाएको छ ।

एक सय दिने अभियानका क्रममा पार्टी कार्यालय व्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडा तहसम्म यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, संगठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाउने, सदस्यता घरआँगन कार्यक्रमलाई प्रभावकारी बनाइनेछ ।

भ्रातृ र शुभेच्छुक संगठनमा रिक्त पदपूर्ति गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्वपीडित, घाइते र सहिद परिवारको सम्मान गरिने नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले बताए ।

अभियान पुस १६ गते वीपी जयन्तीका दिन समापन हुनेछ । अभियानलाई सफल बनाउन अर्घाखाँची कांग्रेसका नेताहरू सक्रियताका साथ लागेका छन् ।

Published : Tuesday, 2024 October 22, 6:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया