परराष्ट्रमन्त्री डा.राणासमक्ष युएनएचसीआर प्रतिनिधि मोनिकद्वारा ओहदाको प्रमाणपत्र पेश

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासमक्ष शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय यूएनएचसीआर नेपाल प्रतिनिधिमा मोनिक सोखानले ओहदाको प्रमाणपत्र पेश गरेकी छिन् ।

मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासमक्ष मोनिकले ओहोदाको प्रमाणपत्र पेश गरेकी छिन् ।

डा.राणासमक्ष मोनिकले ओहदाको प्रमाणपत्र पेश गरेसँगै नेपालमा युएनएचसीआर प्रतिनिधिको रूपमा आप्नो कार्यभार सम्हालेकी छिन् ।

पदभार ग्रहण गर्दै मोनिकले नेपालमा यू एनएचसीआर प्रतिनिधिको रूपमा कार्य गर्न पाउँदा धेरै सम्मान महसुस गरेको बताएकी छिन् ।

यूएनएचसीआर र नेपालबीच सन् १९६० को दशकदेखि शरणार्थी मामिलामा सहकार्य हुँदै आएको छ ।

Published : Tuesday, 2024 October 22, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया