सहकारी ठग रवि बचाउन हिँडेका पौडेललाई रविकै अराजक झुण्डले पोखरामा भक्कुरे, अनुहारभरि चोट

काठमाडौं । सहकारीको करोडौं रकम ठगीमा कारबाही सिफारिसपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा नाराबाजी गर्न पुगेका भिजिलान्ते भनेर रास्वपाकै नेता कार्यकर्ताहरूले भक्कुरेका छन् ।

दुई दिन अगाडि पोखरामा सहकारी ठगका आरोपी लामिछानेलाई बचाउन निस्किएको झुण्डले कास्कीको मादी गाउँपालिकाका रास्वपाका संयोजक पदमराज पौडेललाई धुलाइ गरेका हुन् ।

रास्वपाका नेता कार्यकर्ताको कुटाइबाट पौडेलको अनुहारभरि चोटको डाम देखिएको छ । पौडेलले उपचार गरेका छन् । उनको माथिल्लो ओठमा चोटको डाम अहिले पनि देख्न सकिन्छ ।

रास्वपाका अराजक कार्यकर्ता र झुण्डले गाउँपालिकाका आफ्नै सभापति पौडेललाई भिजिलान्ते भनेर कुटपिट गरेका हुन् । पौडेलले ज्यान बचाएर प्रहरीको शरणमा पुगेपछि ज्यान बचेको थियो । प्रहरीले पौडेलको ज्यान बचाइदिएको छ ।

मंगलबार बिहान होटलमा बसेका रास्वपाका केन्द्रीय सदस्य एवम् लामिछानेका सहयोगी दीपक बोहरालाई भेटेर कुटाइ खाएको विषयमा गुनासो गरेका छन् ।

Published : Tuesday, 2024 October 22, 8:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया