तरुण दलको स्थापना दिवसमा रचनात्मक कार्यक्रम गरी मनाउन अध्यक्ष गुरुङको निर्देशन, कीर्तिपुरमा वृक्षारोपण

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुण दलको २७औँ स्थापना दिवस रचनात्मक कार्यक्रम गरेर मनाउन निर्देशन दिएका छन् ।

मंगलबार अध्यक्ष गुरुङले सबै जिल्ला कार्यसमितिहरूलाई परिपत्र गरेर नेपाल तरुण दलको स्थापना दिवस विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरेर मनाउन निर्देशन दिएका हुन् ।

तरुण दलको स्थापना दिवस कात्तिक १० गते परेको छ । परिपत्रमा भनिएको छ, ‘२०८१ कात्तिक १० गते नेपाल तरुण दलको ७२औँ स्थापना दिवस परेकोले उक्त स्थापना दिवस विभिन्न रचनात्मक एवम् सिर्जनात्मक कार्यक्रमहरू गरी मनाउन नेपाल तरुण दलका सम्पूर्ण जिल्ला कार्यसमितिहरूलाई निर्देशनसहित परिपत्र गरिएको छ ।’

आ–आफ्नो जिल्लामा गरिएका कार्यक्रमहरूको जानकारी केन्द्रीय कार्यालयमा गराउन पनि परित्रपमा भनिएको छ ।

यसैबीच, तरुण दलका अध्यक्ष गुरुङसहितका तरुण नेताहरूले स्थापना दिवस कात्तिक १० गते कीर्तिपुरमा वृक्षारोपण गर्ने भएका छन् ।

तरुण दलको स्थापना दिवस मनाउने विषयमा कीर्तिपुर नगरपालिका वडा नं. १ मा वृक्षारोपण गर्नेबारेमा मंगलबार वडाध्यक्ष खिरमानसिंह बस्नेतसँग अध्यक्ष गुरुङले छलफल समेत गरेका छन् ।

Published : Tuesday, 2024 October 22, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया