श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । श्रीलंकाविरुद्ध फराकिलो गोलअन्तरको जित निकाल्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले हराएको हो । योसँगै नेपाल सात अंकसहित समूह ‘बी’ को विजेता बनेको छ । समान अंक रहे पनि गोलअन्तरको आधारमा भुटान उपविजेता बनेको छ ।

नेपाललाई अघिल्लो चरणमा पु¥याउन रेखा पौडेलले दुई गोल गरिन् । सविता राना मगर, सावित्रा भण्डारी, अमीषा कार्की र रश्मी घिसिङले समान १÷१ गोल गरेका छन् ।

नेपालले अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग खेल्नेछ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराए पनि बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । नेपाल रहेको समूहको उपविजेता बनेको भुटानले भने बंगलादेशसँग खेल्नेछ ।

Published : Thursday, 2024 October 24, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया