नेपाल प्रजातन्त्र सेनानी आयोगको माग मलाई पनि जायज लाग्यो : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपाली कांग्रेस निकटको नेपाल प्रजातन्त्र सेनानी संघले ‘नेपाल प्रजातन्त्र सेनानी आयोग’ गठनका लागि माग गरेको छ ।

बिहीबार सिंहदरबारमा संघका अध्यक्ष बालकृष्ण दाहाल नेतृत्वको टोलीले परराष्ट्रमन्त्री डा.राणासँग भेट गरेर आयोग गठनका लागि पहल गरिदिन आग्रह गरेको हो ।

संघको आग्रहलाई आफूलाई पनि उपयुक्त लागेको भन्दै पराष्ट्रमन्त्री डा.राणालाई सक्दो सहयोग गर्ने आश्वासन दिएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले भनेको छ, ‘भेटका क्रममा उहाँहरूबाट नेपालमा प्रजातन्त्रको स्थापनाका लागि प्रजातन्त्र सेनानीहरूले पु¥याउनुभएको योगदानको बारेमा जानकारी लिने अवसर प्राप्त भयो ।’

‘उहाँहरूले नेपाल प्रजातन्त्र सेनानी आयोग गठन गर्न नेपाल सरकारसँग गर्नुभएको माग मलाई पनि जायज लाग्यो’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘उहाँहरूको योगदान र अनुभवबाट नेपाली कांग्रेसमात्र नभएर मुुलुकका सबै प्रजातान्त्रिक पार्टीहरूले धेरै कुरा सिक्न सक्नेछन् भन्ने मलाई लागेको छ ।’

Published : Friday, 2024 October 25, 9:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया