विश्वकै दोस्रो ठूलो हीरा फेला

लण्डन । विश्वको दोस्रो ठूलो हीरा दक्षिण अफ्रिकाको बोत्स्वानामा भेटिएको छ ।

हीरा २ हजार ४ सय ९२ क्यारेटको रहेको छ । क्यानडेली खनिज कम्पनीले उत्खनन् गर्दा हीरा फेला परेको थियो ।

उत्तरपूर्वी बोत्स्वानाको कारोवी डाइमन्ड माइनमा एक्स–रे प्रविधि प्रयोग गरेर हीरा निकालिएको छ । हीराको मूल्य र गुणस्तरका बारेमा केही भनिएको छैन ।

क्यारेटका आधारमा भन्ने हो भने सन् १९०५ मा दक्षिण अफ्रिकामा भेटाएको कुलिनान हीरा अहिलेसम्मकै सबैभन्दा ठूलो हीरा मानिन्छ । त्यो हीरा ३ हजार १६ क्यारेटको थियो । हीरा मान्छेको हातको हत्केला जत्रै ठूलो छ ।

Published : Friday, 2024 October 25, 10:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया