सहकारी ठग बचाउने रास्वापको पोखरा आन्दोलन तुहियो, सुविधाका लागि काठमाडौं हिँडे

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई बचाउन पोखराका आन्दोलन तुहिएको छ ।

पोखराका जनताले सहकारी ठगीमा संगठित अपराधमा अनुसन्धान भइरहेका लामिछानेलाई बचाउने आन्दोलनमा कास्कीका जनताले साथ नदिएपछि डेरा उठाएर रास्वपाका नेता र सांसदहरू काठमाडौं हिँडेका छन् ।

सहकारीपीडितहरूको कुटाइ खाने डरले रास्वपाका नेता कार्यकर्ताहरूले पोखरा छाडेको चर्चा छ । रास्वपाका नेता कार्यकर्ताले सहकारीपीडितलाई दुर्व्यवहार गर्नुका साथै कुटपिट समेत गरेका थिए । रास्वपाको आन्दोलनमा मानिसहरू घटेपछि उनीहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्न लागेका छन् ।

लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधमा पक्राउ पुर्जी जारी गरेपछि निराश बनेका रास्वापका नेताहरू काठमाडौं हिँडेका हुन् । लामिछानेले हिरासतमा पोखरामा बयान दिनेछन् ।

पोखरामा बयान सक्किएपछि लामिछानेलाई रुपन्देही लगिनेछ । रुपन्देहीमा बयान भएपछि संभवत चितवन, पर्सा र काठमाडौंमा पनि बयान लिने तयारी छ ।

जीबी राई, छविलाल जोशीलागयतको समूहसँग मिलेर लामिछानेले सहकारीको करोडौं रकम ठगी गरेका अभियोगमा संसदीय समितिले समेत छानविन गर्न सिफारिस गरेको छ ।

सर्वोच्च अदालतले समेत लामिछानेमाथि सहकारीको रकम ठगीमा अनुसन्धान गर्न आदेश दिइसकेको छ ।

काठमाडौंका जनताले पनि सहकारी ठगका अभियुक्त लामिछानेलाई बचाउने आन्दोलनमा कति साथ दिने हुन् हेर्न बाँकी छ ।

अदालतको आदेशमा पक्राउ परेका रास्वपाका सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधमा सरकारले पक्राउ गरेको आरोप लगाउँदै आएका छन् । लामिछानेलाई अदालतको आदेशमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गृहमन्त्री भइसकेका लामिछानेले जनतालाई भ्रममा पार्न सफल भएका छन् ।

लामिछाने र उनको दलका नेताहरू बोल्न धेरै सिपालु छन् । कानूनअनुसार भइरहेका प्रक्रियालाई राजनीतिक रंग दिन खोजेका छन् । जनतालाई भ्रममा पारेका छन् । जनताले पनि क्रमशः बुझ्न थालेका छन् ।

Published : Friday, 2024 October 25, 11:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया