सीडीओहरूसहित २७ जनाको पदस्थापना र सरुवा

काठमाडौं । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित, इलाका प्रशासन कार्यालयको प्रमुखमा हेरफेर गरेको छ ।

शुक्रबार गृह मन्त्रालयले २७ जना कर्मचारीहरूको पदस्थापन तथा सरूवा गर्ने निर्णय गरेको छ । १९ वटा जिल्ला प्रशासन कार्यालय र एउटा इलाका प्रशासन कार्यालय प्रमुखको हेरफेर भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरका सीडीओहरूको पनि सरुवा भएको छ । ललितपुरको सीडीओमा रमेश ढकालको सरुवा भएको छ । ललितपुरका सीडीओ तुलसीबहादुर श्रेष्ठ गृह मन्त्रालयमा तानिएका छन् ।

भक्तपुरको सीडीओमा गोपालप्रसाद अर्यालको सरुवा भएको छ । अर्याल यसअघि डोटीमा थिए । भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा भएको छ ।

रुपन्देहीमा बासुदेव घिमिरेलाई सीडीओ बनाइएको छ । रूपन्देहीका सीडीओ गणेश अयाललाई पर्सा पठाइएको छ ।

Published : Friday, 2024 October 25, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया