कुनै प्रभावमा नपरी जनसेवामा खटिनु : आईजीपी अर्याल

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले कुनै प्रभावमा नपरी जनसेवामा खटिन नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन् ।

मंगलबार सशस्त्र प्रहरी निरीक्षक १६औँ समूहको आधारभूत तालिम सम्पन्न गरेका अधिकृतको दीक्षान्त समारोहमा आईजीपी अर्यालले राज्य, संगठन र आम नागरिकको आशा र अपेक्षालाई पूरा गर्ने ढङ्गबाट कार्यसम्पादन गर्न कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिएका छन् ।

‘विषम परिस्थितिमा मात्र नभई विपद् व्यवस्थापन, आकस्मिक खोज तथा उद्धार, हुलदङ्गा व्यवस्थापन, सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा, औद्योगिक सुरक्षा, रेलवे सुरक्षालगायत राजस्व चुहावट नियन्त्रण जस्ता संवेदनशील जिम्मेवारीमा सिङ्गो संगठन प्रभावकारी रूपमा परिचालित भइरहेको छ’, उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित विशेष समारोहमा तीन महिला र ४२ पुरुष प्रशिक्षार्थी दीक्षित भएका छन् ।

Published : Tuesday, 2024 October 29, 5:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया