ठमेलको सातघुम्तीको हिमालयन आयुर्वेद स्पामा प्रहरी छापा, सपना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलले ३८ वर्षीया सपना खवासलाई पक्राउ गरेको छ ।

काठमाडौंको ठमेलस्थित सातघुम्तीमा सञ्चालनमा रहेको हिमालयन आयुर्वेदिक स्पामा युवती र बालिकाहरूलाई आर्थिक प्रलोभनमा पारेर बेश्यावृत्तिमा लगाएको खुल्न आएपछि सपनालाई पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक भावेष रिमालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उजुरी परेपछि ब्यूरोको टोलीले सपनाको स्पामा छापामारेको थियो । उद्धार गरिएकी युवती र बालिकाहरूलाई सपनाले एक्सट्रा सर्भिस भनेर बेश्यावृत्तिमा लगाउने गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।

लमजुङ जिल्लाको बेसीशहर नगरपालिका वडा नं. ८ स्थायी वतन भएकी सपनाले मसाजमा शारीरिक सम्पर्क राख्न आउने प्रतिग्राहक एक पटकमा १५ सय रुपियाँ लिने गरेको खुलेको छ । शारीरिक सम्पर्क राख्ने बालिकालाई ५ सय तथा २५ प्रतिशत प्रलोभन देखाइ रकम समेत नदिइ दिनमा ४÷५ जना पुरुष ग्राहकसँग बेश्यावृत्तिको काममा लगाउने गरेको प्रहरीले जनाएको छ ।

अभियुक्तहरूले बालिकालाई पुरुष ग्राहकसँग शारीरिक सम्पर्क राखेको कुरा आफन्त लगायत साथीहरूलाई भनि दिने भनेर डर, त्रासमा पारी महिनावारी भएको बेलामा समेत बेश्यावृत्तिको काममा लगाउने गरेको खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक १३ गते काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. १ बाट पक्राउ परेकी सपनालाई काठमाडौं जिल्ला अदालतमा पेश गरेर अनुसन्धानका लागि ७ दिनको म्याद थप भएको छ ।

Published : Monday, 2024 November 4, 12:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया