सीआईबीद्वारा भक्तपुरबाट शाक्यलाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भक्तपुरबाट नक्कली खोटा नोटसहित सोहिल शाक्यलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र पाँच सय दरका नोट जस्तो देखिने चाँदीको नक्कली नोटहरू निर्माण गरी कारोबार गर्ने शाक्यलाई प्रहरीले पक्राउ गरेको सआईबीले जनाएको छ ।

विशेष सूचनाको आधारमा २०८१ कात्तिक २० गते ब्यूरोबाट खटीई गएको प्रहरी टोलीले भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलस्थित शाक्यलाई पक्राउ गरेको ब्यूरोले जनाएको छ ।

नेपाली नोट १००० र ५०० दरका सेतो प्लास्टिकले लेमिनेसन गरेको चाँदीको जस्तो देखिने नक्कली नोट फेला पारी रितपुर्वक बरामद गरिएको प्रहरीले जनाएको छ ।

Published : Wednesday, 2024 November 6, 4:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया