सर्वोच्चको फैसला र परराष्ट्र मन्त्रालयको पत्राचारअनुसार ६ महिनाभित्र एनआरएनएकाे एकता महाधिवेशन गर्नुस् : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सर्वोच्च अदालतको चैत २१ गतेको फैसला र मन्त्रालयले कात्तिक १ मा गरेको पत्राचारअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए)को ६ महिनाभित्र एकता महाधिवेशन हुनुपर्ने बताएकी छन् ।

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औँ बैठकले गठन गरेको पूर्व अध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समितिसँग मंगलबार भएको बैठकका क्रममा डा.राणाले एनआरएनएको एकताको उद्देश्यसहित मन्त्रालयले आवश्यक पहलकदमी लिएको बताइन् ।

उनले देशको आर्थिक समृद्धिका गैरआवासीय नेपालीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै त्यसका लागि एनआरएनहरूबीच एकता आवश्यक रहेको बताइन् ।

‘तपाईंहरू मिल्दा नै नेपालको आर्थिक समृद्धिमा सहयोग पुग्छ । त्यस कारण सर्वोच्च अदालतको फैसला र सोअनुसार मन्त्रालयबाट भएको पत्राचारअनुसार ६ महिनाभित्र एकताको महाधिवेशन गर्नुस्’, डा.राणाले भनिन् ।

Published : Wednesday, 2024 November 6, 5:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया