मुसीकोट– १ को वडाध्यक्षमा कांग्रेसबाट तरुण नेता आनन्दले पाए टिकट

मुसीकोट । गुल्मीको मुसीकोट नगरपालिका–१, को वडाध्यक्षमा हुने उपचुनावका लागि नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएको छ ।

कांग्रेसले आनन्द श्रेष्ठलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । ३५ वर्षीय श्रेष्ठ नेपाल तरुण दलमा राजनीति गरेका युवा नेता हुन् ।

२०७९ को चुनावमा यो वडाको अध्यक्षमा कांग्रेसबाट मोहन घिमिरे निर्वाचित भएका थिए ।

घिमिरेको २ भदौ २०८० मा धिन भएकाले उपचुनाव हुन लागेको छ । उपचुनाव हुने वडामा ३ हजार ८०८ मतदाता छन् ।

Published : Friday, 2024 November 8, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया