पूर्वमन्त्री तथा एमाले नेता अधिकारी पक्राउ, हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । नेकपा (एमाले)का नेता समेत रहेका कोशी प्रदेशका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं जिल्ला अदालतले २ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
आइतबार विराटनगरबाट पक्राउ परेका एमाले नेता अधिकारीलाई अदालतले मानव तस्करीको अभियोगमा अनुसन्धान गर्न हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
आरोपित अधिकारीलाई आइतबार मोरङबाट पक्राउ गरी जहाजमार्फत काठमाडौं ल्याइएपछि अदालत उपस्थित गराइएको थियो ।
यसअघि पक्राउ परेका ६ जनालाई हिरासतमा राख्ने अवधिसम्म एमाले नेता अधिकारीलाई म्याद मिलान गरिएको छ ।
नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका ३ युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए ।
उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री अधिकारी आइतबारमात्रै पक्राउ गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया