राज्य व्यवस्था समितिद्वारा अख्तियारको विधेयकमाथि छलफल गर्न उपसमिति गठन

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ बारे छलफल गर्न संसदीय उपसमिति गठन गरेको छ ।

समितिका सदस्य एवम् नेपाली कांग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा १२ सदस्यीय उपसमिति गठन गरिएको सभापति रामहरि खतिवडाले बताएका छन् ।

उपसमितिको सदस्यमा समितिका सदस्य एवम् सांसद दिलेन्द्रप्रसाद बडू, बुद्धिमान तामाङ, सरिता प्रसाईं, रघुजी पन्त, लिलानाथ श्रेष्ठ, हितराज पाण्डे, अशोककुमार राई, प्रकाश अधिकारी, सर्वेन्द्रनाथ शुक्ला, राजेन्द्रप्रसाद पाण्डे र चन्दा कार्की रहेका छन् ।

उपसमितिले विधेयकमा सहमति जुटाएर मूल समितिमा पेस गर्ने समितिका सभापति खतिवडाले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०८० भदौ ३१ देखि राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ ।

२०७६ माघ ६ मा राष्ट्रियसभामा दर्ता भएको थियो । राष्ट्रियसभाबाट २०७९ चैत २७ मा पारित भएर प्रतिनिधिसभामा आएको छ ।

Published : Sunday, 2024 November 10, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया