कृष्णनगरमा कांग्रेसद्वारा मन्त्री तिमिल्सिनालाई स्वागत, २२ करोड विनियोजन हुने

कृष्णनगर । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले शिक्षाको गुणस्तर बढाउनु पर्ने बताएका छन् ।

आइतबार कपिलवस्तुको कृष्णनगरमा नेपाली कांग्रेसले राखेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री तिमिल्सिनाले शिक्षा सुधारोन्मुख गर्नका लागि शिक्षक, विद्यार्थी र अभिभावकले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए ।

तिमिल्सिनाले कृष्णनगरमा महिला सेलको भवन निर्माणकार्यका लागि प्रदेश सरकारबाट २२ करोड रकम विनियोजन गर्ने बताएका छन् ।

नेपाली कांग्रेसका नेता अभिषेकप्रताप शाहले कपिलवस्तु पछाडि पारिएको जिल्ला भएकाले कपिलवस्तुको विकासको लागि प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए ।

प्रदेश सरकारले कपिलवस्तुको शिक्षालाई विशेष प्राथमिकतामा राख्नु पर्ने पूर्वसांसद समेत रहेका नेता शाहले बताएका छन् ।

कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक ब्यवस्थापन गर्नु पर्ने बताएका छन् ।

विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि प्रदेशले पहल गर्नुपर्ने मेयर शाहले बताए । मन्त्री तिमिल्सिनालाई पूर्वसांसद एवम् नेता शाहसहितका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

Published : Sunday, 2024 November 10, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया