अधिवक्ता पोखरेललाई कारबाही

काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्ले न्यायाधीशलाई घुसको प्रस्ताव गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नसिहतसहितको सजायको निर्णय गरेको छ ।

कानून व्यवसायी परिषदको कात्तिक २५ गते बसेको बैठकले अधिवक्ता पोखरेललाई कानून व्यसायीको आचारसंहिता २०५१ अनुसार नसिहतसहितको सजायको निर्णय गरेको हो ।

अधिवक्ता पोखरेलले सिभिल सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीशसँग घुसको प्रस्ताव गरेका थिए ।

पोखरेलले न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेको अडियो नै बाहिरिएको थियो ।

न्यायाधीशलाई दुई करोड रूपियाँ खुवाएर व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहाइ गर्ने सम्बन्धी अडियो बाहिर आएको थियो ।

कोइरालासँग अधिवक्ता पोखरेलले घुस लिएर तामाङलाई छाड्न आदेश दिन माग गरेका थिए ।

पछि न्यायाधीश कोइरालाले तामाङलाई धरौटीमा छाडेनन् । थुनामा नै पठाउने आदेश दिएका थिए । तामाङ हाल थुनामा छन् ।

Published : Tuesday, 2024 November 12, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया