ठगका अभियुक्त लामिछानेलाई बचाउने रणनीतिक याेजना फेल, रास्वपाभित्र भाँडभैलाे

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई बचाउन राखिएको पत्रकार सम्मेलन रद्द भएको छ ।

रास्वपाले बुधबार दिउँसो पार्टी कार्यालय वनस्थली काठमाडौंमा पत्रकार सम्मेलन राखिएको थियाे । पत्रकार सम्मेलनलाई कसकाे आदेशमा अर्काे सूचना नभएसम्मकाे लागि स्थगित गरिएको हाे केही भनिएकाे छैन । लामिछानेलाई बचाउन आन्दोलन गर्ने वा नगर्ने भन्ने विषयमा विवाद हुँदा पत्रकार सम्मेलन स्थगित भएको स्राेतले जनाएको छ । रणनीतिक पत्रकार सम्मेलन विथाेलिएपछि रास्वपाभित्र भाँडभैलाे भएको तथ्य बाहिर आएको छ ।

लामिछानेलाई सहकारी प्रकरण र संगठित अपराधबाट बचाउन केही नेता र भाडाका मानिसहरूले भैरहवामा प्रदर्शन गर्दै आएका छन् । भाडाका मानिसहरू पाेखराबाट भैरहवामा आएर प्रदर्शन गर्दै आएका छन् ।

सहकारी ठगका अभियुक्त लामिछानेले आफू फस्ने भएपछि निकै डराएका छन् । लामिछानेले न्यायालय र प्रहरी प्रशासनलाई दवावमा पार्न भाडाका टट्टूहरू सडकामा उतारेका छान् ।

Published : Wednesday, 2024 November 13, 1:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया