भारतीय सेनाध्यक्ष द्विवेदी नेपाल भ्रमणमा आउने

काठमाडौं । नेपाली सेनाले भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउन लागेको जनाएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा द्विवेदी मंसिर ५ गते नेपाल भ्रमणमा आउन लागेको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । उनी पाँच दिने भ्रमणका लागि काठमाडौं आउन लागेको नेपाली सेनाले जनाएको छ ।

भ्रमणका दौरान जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् । जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट र कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया गरिने नेपाली सेनाले जनाएको छ । भ्रमणका दौरान उनी पश्चिम पृतना हेडक्वाटरको भ्रमण पनि गर्नेछन् ।

नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ गते विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछन् । उनले प्रधानमन्त्री केपी ओली र रक्षामन्त्रीसँग औपचारिक भेटघाट गर्ने नेपाली सेनाले जनाएको छ ।

Published : Wednesday, 2024 November 13, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया