रास्वपाका पदाधिकारीहरूविरुद्ध अदालतको अबहेलना मुद्दा दर्ता
काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पदाधिकारीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै रिट निवेदन दर्ता भएको छ ।
बिहीबार रास्वपाका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलनाको मुद्दा सर्वोच्च अदालतमा दायर भएको हो ।
प्रहरीले रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगीको आरोपमा पक्राउ गरी अदालतको अनुमतिमा म्याद थप गरी अनुसन्धान गरिरहेका बेला रास्वपाका पदाधिकारीसहित नेता कार्यकर्ताले सडकमा प्रर्दशन गरेर अदालतको अवहेलना गरेको भन्दै अनुपम भट्टराईले सर्वोच्चमा अदालतमा अवहेलनाको निवेदन दर्ता गराएका छन् ।
सर्वोच्च अदालतका सह–रजिष्ट्रार एवम् प्रवक्ता अच्यूत कुइँकेलले अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको जानकारी दिएका छन् ।
Published : Thursday, 2024 November 14, 9:22 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया