सुनिलको पावरफुल दिमाग गलत ठाउँमा प्रयोग गर्दा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले ३७ वर्षीय सुनिल राईलाई ५५ करोड रुपियाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ गरेको छ ।

बुधबार पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ घर भएका राईलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । बेटिङ एपमार्फत राईले अनलाइन जुवा खेलाएको आरोप छ ।

ललितपुरबाट पक्राउ परेका राईले ७५ वटा बैंक खाता र १२८ वटा ई–सेवा वालेट प्रयोग गरी ५५ करोड २० लाख ८४ हजार ७१ रुपियाँ बराबरको अनलाइन जुवा खेलाएको आरोप छ ।

राईले क्रिप्टो करेन्सी ट्रेड गर्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईविरुद्ध जुवा खेल्न नहुने कसूर, अभौतिक मुद्राको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

000

“५५ करोड वरावरको अनलाइन (जुवा) सट्टावाजी गर्ने/गराउने व्यक्ति पक्राउ” (2081-08-12)

घटना विवरण :-
Betting Application मार्फत विश्वभर सञ्चालन हुने बिभिन्न Online game हरु अन्तर्गत जुवा (सट्टाबाजी) गर्ने / गराउने गरी रकम संकलन गर्ने, Crypto currency Trade गर्ने लगायतका गैर कानूनी कार्यहरु भइरहेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले 1xBetting कारोवारमा संलग्न जिल्ला पाँचथर मिक्लाजुङ गाउपालिका वडा नं. ७ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ अफलटोल बस्ने सुनिल राईलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा ७५ वटा बैक खाता, १२८ वटा ईसेवा वालेट, Binance ID प्रयोग गरी हाल सम्म रु. ५५,२०,८४,०७१।- (पचपन्न करोड बिस लाख चौरासी हजार एकहत्तर) बराबरको कारोबार गरेको खुल्न आएको । निजको शरिर तथा कोठा खानतलासी गरी निम्न उल्लेखित विभिन्न सामानहरु समेत बरामद गरी निज सुनिल राईलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद- ५ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर , ललितपुर पठाइएको ।
पक्राउ व्यक्ति:-
१. नामथर : सुनिल राई
उमेर : ३७ बर्ष
ठेगाना : जिल्ला पाँचथर मिक्लाजुङ गाँउपालिका वडा नं. ७
हाल : जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ अफलटोल
अनुसन्धानबाट खुल्न आएका तथ्यहरु
 पक्राउ परेका सुनिल राईले बिभिन्न व्यक्तिको नामका नागरिकता प्रमाणपत्रको समेत प्रयोग गरी ७५ वटा बैंक खाता खोली सोही खाताको KYC Form मा समेत आफ्नै फोटो टाँसी झुक्यानमा पारी Debit Amt: 37,20,96,282.21, Credit Amt : 37,26,62,357.1 वरावरको कारोवार गरेको खुल्न आएको ।
 पक्राउ परेका सुनिल राईले फरक-फरक व्यक्तिहरुको नामबाट 128 वटा eSewa Wallet खोली सोही eSewa फरक-फरक Device बाट Active गरी Debit Amt: 11,67,19,190.54 Credit Amt: 11,70,97,522.61 वरावरको कारोवार गरेको खुल्न आएको ।
 निज सुनिल राईले Binance ID खोली User ID: 423706609 User Name : MDS_stream रहेको सोहि ID मा Estimated Balance 0.00306464=$284.20 सोहि ID खोलि हेर्दा Total withdraw USDT : 460898.2136, Current Balance USDT: 284.2 गरी Exchange rate अनुसार हाल 6,23,24,191.3770122 बराबरको कारोबार गरेको खुल्न आएको ।
 पक्राउ परेका सुनिल राईले 25 भन्दा बढी Gmail Account खोली “1xbet मा प्रयोग गर्ने गरेको खुल्न आएको ।
 बिभिन्न स्थान कोठा लिई लुकिछिपि, हुलियाँ परिवर्तन गरी 1xbetiig खेल्ने गरेको खुल्न आएको ।

Published : Wednesday, 2024 November 27, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया