सुनिता डंगोलद्वारा गोंगबु आवास सुधार समितिकाे प्रशंसा, १६औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । गोंगबु आवास सुधार समितिको १६औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार काठमाडौंको गोंगबुमा २९औं वर्षको १६औं वार्षिकोत्सव सम्पन्न भएको समितिका सदस्य प्रकाशकुमार श्रेष्ठले जानकारी दिए । वार्षिकोत्सवमा काठमाडौं महानगरपालिकाकी नगर उपप्रमुख सुनिता डंगोल रहेकी थिइन् । समितिले गोंगबु आवास सुधारमा गरेको कार्यको प्रशंसा गरेकी छिन् । उनले महानगरलाई सफा, सुरक्षित र अनुशासित बनाउन गोंगबु आवास सुधार समिति जस्तो संस्थाहरूको उल्लेखनीय भूमिका रहने भन्दै नेतृत्वको प्रशंसा गरेकी छिन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष ख्यामराज तिवारी, गोंगबु आवासका अध्यक्ष पाण्डवकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा समितिका महासचिव तिलक अधिकारीले वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन् । उनको प्रतिवेदनलाई अनुमोदन गरिएको छ ।

समितिका कोषाध्यक्ष लक्ष्मण ढुंगानाले वार्षिक बजेट पेश गरेका छन् । ढुंगानाको बजेटमा खर्च र आयको विवरण रहेको छ ।

कार्यक्रममा महानगरपालिकाकी नगर उपप्रमुख सुनिता डंगोलले गोंगबू आवास निवासी पूर्व कानून सचिव कमलशाली घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरेकी छिन् ।

समितिका अध्यक्ष पाण्डवकुमार श्रेष्ठले गोंगबु आवास सुधारमा आफूले सेवा गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले आफूलाई काम गर्न सबै घरपरिवार र सदस्यहरूबाट भएको सहयोगप्रति आभार प्रकट गरेका छन् ।

गोंगबु आवास क्षेत्रमा झण्डै ५०० घरधनी छन् । ११ जनाको कार्यसमिति रहेको छ । समितिका अध्यक्ष पाण्डवकुमार श्रेष्ठको यो दोस्रो कार्यकाल हो ।

कार्यक्रममा समितिका उपाध्यक्ष रोशन श्रेष्ठ, महासचिव तिलक अधिकारी, सचिव विजय आचार्य, कोषाध्यक्ष लक्ष्मण ढुंगाना, वरिष्ठ सदस्य प्रकाशकुमार श्रेष्ठ, सदस्य पुरुषोत्तम महर्जन, रेणु दुलाल, नारायण नेपाली, लीला खत्री, अमृतप्रसाद शर्मा पौड्याल लगायतको उपस्थिति रहेको थियो ।

व्यवस्थित गोंगबु आवास सुधार समितिमा ५१७ घरधुरी आबद्ध छन् । यो आवास क्षेत्र नेपालको आयोजना गरेको पहिलो आवास क्षेत्र हो । गोंगबु आवास क्षेत्र काठमाडौंको रिंगरोडभित्र पर्दछ ।

Published : Saturday, 2024 December 21, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया